राप्रपाको झण्डा र चुनाव चिन्ह सार्वजनिकीकरण



काठमाडौं,२५ मंसिर। राप्रपाका अध्यक्ष कमल थापाले आज एक कार्यक्रममा पार्टीको झण्डा र चुनाव चिन्ह हलोको सार्वजनिकरण गर्नुभएको छ । राप्रपा मकवानपुरले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनीतिक दलहरुको इमान्दारीताभन्दा दलगत स्वार्थ भएको आरोप लगाउनुभयो । उहाँले सडकको जुलुसको भीडले नभइ संविधानको संरचनाभित्रै रहेर जनताको अभिमतबाट परिवर्तन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा राप्रपाका केन्द्रीय सदस्य विजय खड्का र केन्द्रीय सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले मुलुकमा बढ्दै गइरहेको हत्या हिंसालाई निरुत्साहित तुल्याउन सरकारले प्रभावकारी कानून ल्याउन नसकेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्