लुक्लामा खुम्बु कांग्रेसको अन्तक्र्रिया तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न



लाक्पा ग्याल्जेन शेर्पा

सोलुखुम्बु , १२ मंसिर । नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिका समितिले लुक्लामा चियापान तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा सत्ता रुढ नेकपाका केहि कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नवप्रबेसी लाक्पा गेल्जेन शेर्पा, ङिमा दोर्जी शेर्पा ,आङ नुरु शेर्पा लगायत अन्य कार्यकर्ताहरुलाइ नेपाली कांग्रेस आदिवासी जनजाति बिभागका केन्द्रीय सदस्य आङछिरिङ शेर्पा, जिल्ला कार्य समिति सोलुखुम्बुका उपसभापति प्रेम थापामगर, नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँ समितिका सभापति पेम्बा छिरिङ शेर्पा,अर्का नेता चुंबा शेर्पा, जिल्ला कार्य समिति सदस्य लाक्पा नुरु शेर्पा ,वडा नम्बर ३ का सभापति ङिम तेन्जिङ शेर्पा , खुम्बु पासाङल्हामु नेपाली काङ्ग्रेसका प्रबक्ता पसाङ शेर्पा लगायतले स्वागत गरेका थिए ।

खुम्बुको लुक्लाबाट सुरु भएको कार्यक्रमलाई क्रमश गाउँ पालिकाका सबै ठाँउमा संचालन गरिने कार्यक्रम रहेको खुम्बु काङ्ग्रेस प्रबक्ता शेर्पाले जानकारी दिए । नेकपाको सरकारले देशमा राम्रो काम गर्न नसकेको र अहिलेको महामारीमा पनि नेताहरु सत्ताको लुछचुडिमा अल्मलिएर जनतालाई बेवास्ता गर्न थालेपछि नेकपा पार्टी परित्याग गरी युवाहरु नेपाली काङ्ग्रेसमा प्रवेश गर्न थालेको उपसभापति थापामगरले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्