“प्रचण्डले सहमति विपरित दस्तावेज ल्याएर परिस्थिति बिगारे” – हरिबोल गजुरेल



काठमाडौं, मंसिर ७ – नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले महाधिवेशनसम्म दुई अध्यक्षले सहकार्य गर्नुपर्ने बताउनु भएको छ । उहाले दुई अध्यक्ष मिल्दामात्रै एकता जोगिने भएकाले महाधिवेशनसम्म दुई अध्यक्षको सहकार्य जरुरी भएको बताउनु भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सहमतिविपरित सचिवालय बैठकमा दस्तावेज प्रस्तुत गरेकाले नयाँ जग बनाउनुपर्ने परिस्थिति खडा भएको उहाको ठहर छ । सहमतिविपरीत दस्तावेज अघि सार्दा त्यसले एकताको आधार खज्मज्याएको नेता गजुरेलको भनाई छ । ‘आ–आफ्नो दस्तावेज अघि सार्ने भनेपछि हिजोको आधार भत्कियो । हामीले पुनः आधार बनाउन जोड दिइरहेका छौं’, उहाँले भन्नुभयो, ‘दुई अध्यक्षले एकता गरेकाले फेरि पनि उहाँहरू बसेर, बहुमत–अल्पमतमा नगइ सहमतिमै जाने निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ । हाम्रो भूमिका यसैमा केन्द्रित छ ।’

उहाले पार्टीलाई यो अवस्थामा विघटनको दिशामा जान नदिने पनि स्पष्ट पार्नुभयो । सोमबार विहान मध्यस्थकर्ता भनिएका नेताहरुले प्रचण्डलाई सामुहिक रुपमा भेटेर संयुक्त दस्ताबेज बनाउन दवाव दिने तयारी गरेका छन् । दुई अध्यक्षका बेग्ला बेग्लै प्रतिवेदन तल्लो तहसम्म पुगे पार्टी स्पष्ट रुपमा विभाजन हुने भएकाले त्यसलाई रोक्न उनिहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्