प्रचण्ड-नेपाल खेमा छोडे बामदेवले ! भन्छन “म कुनैमा छैन”



दाङ, मंसिर ६ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कार्यकर्ता माझ पुगेपछि भने आफु कुनै गुटमा नरहेको स्पष्टिकरण दिएका छन् | वरियताका अध्यक्षको पक्षमा लाग्नु भएका उपाध्यक्ष गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताएक हुन् । उहाँले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको जिकिर गरे ।

तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधान गर्न आफू निरन्तर लागिरहेको बताए ।

पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकल्पना आफ्नो सपना भएको बताउँदै ६३ सालदेखि पार्टी एकीकरणको पक्षमा रहँदै आएकाले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा रहेको समेत बताउए । आफूले अहिलेसम्म कुनै गुटबन्दी नगरेको दाबी गर्दै यति बेला सबै पार्टी एकताको पक्षमा हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्