रामोश घाइते, ३ खेल गुमाउने



काठमाडौं, मङ्सिर ५ – स्पेनका स्टार खेलाडी सर्जियो रामोसले ला लिगा र च्याम्पियन्स लिग फुटबलका तीन खेल गुमाउने भएका छन् । रियल मड्रिडका कप्तान रामोसले ह्यामस्ट्रिङ चोटका कारण तीन खेल गुमाउने भएका छन् ।

३४ वर्षीय रामोसले नेसन्स लिगअन्तर्गत जर्मनीविरुद्धको खेलमा चोट बोकेका कारण तीन खेल गुमाउने भएका हुन् । ह्यामस्ट्रिङ चोट बोकेको र आगामी तीन खेल गुमाउने रियलले बताएको हो ।

 

जर्मनीविरुद्धको खेलको पहिलो हाफमा रामोसले चोट बोकेका थिए । रामोसले अब ला लिगाअन्तर्गत भियारियल, आलाभेस र च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानविरुद्धको खेल गुमाउने भएका हुन् । रामोस पछिल्लो समय स्पेनिस क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्