एक गहना ब्यापारीका परिवारका चार सदस्यले गरे आत्महत्या



एजेन्सी ।भारतको जयपुरमा एक व्यापारीका परिवारका ४ सदस्यले आत्महत्या गरेको खबर छ । दैनिक भास्करका अनुसार ४५ वर्षीय गहना व्यापारी यशवन्त सोनीसहित उनका परिवारका अन्य ३ सदस्यले आत्महत्या गरेका हुन् ।
मृतकमा सोनीकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत रहेका छन् । उनीहरु सबै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीको सुरुवाती अनुसन्धानअनुसार मृतक यशवन्तले ऋण लिएका थिए । ऋण माफियाहरुले उनलाई निरन्तर प्रताडित गरेका थिए । अन्तत बाध्य भएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । अहिले, यो परिवारको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्