नेपाली कांग्रेसद्वारा भातृ संगठनको म्याद ६ महिनाका लागि थप



 काठमाडौं,१६ साउन ।समयमै महाधिवेशन हुन नसकेपछि नेपाली काँग्रेसले आफ्ना भातृ संगठनहरुको छ थप गरेको छ। म्याद थपिएका भातृ संगठनहरुमा नेविसंघ, तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ  संघ र नेपाल ठाकुर संघ रहेका छन।
आगामी पार्टी केन्द्रीय कार्यक्रमितिबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका भ्रातृ संस्थाका ६ महिना म्याद थप गरिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  नेविसंघको शुक्रबारबाट म्यादन सकिएको थियो भने अन्य भ्रातृ संस्थाको म्याद सकिएको लामो समय भएको थियो ।
प्रतिक्रिया दिनुहोस्