जगदम्वा प्रेस युनाइटेडका सापकोटाले चलाउने
काठमाडौं २१ असार । ६६ वर्षदेखि ललितपुरको हात्तिवनमा सञ्चालित जगदम्बा प्रेस अब युनाइटेड अटो प्रिन्टर्स प्रा।लि।ले पुनः सञ्चालनमा ल्याउने भएको छ । युनाइटेडले १० वर्ष अघिदेखि सेवा दिइरहेको छ ।
जगदम्बा प्रेस र युनाइटेडबीच हालै भएको सम्झौता अनुसार हात्तीबनबाटै नै प्रेस सञ्चालन हुने छ । पाटनढोकामा आयोजित कार्यक्रममा भएको सम्झौता अनुसार आइतबारबाट युनाइटेडले प्रेस सञ्चालनमा ल्याएको छ । कार्यक्रममा जगदम्बाका तर्फबाट अध्यक्ष कुन्दनमणि दिक्षित र युनाइटेडका तर्फबाट अध्यक्ष बाबुकृष्ण सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । जगदम्बा प्रेस नेपालको मुद्रण उद्योगको क्षेत्रमा पुरानो र ख्यातिप्राप्त मुद्रण कम्पनी हो । सापकोटाले गुणस्तरीय सेवा दिने आफूहरुको योजना रहेको बताएका छन् ।