नेकपा कार्यालय धुम्बाराहीमा केन्द्रीय सदस्यहरुको धर्ना



काठमाडौं, १९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । पार्टी एकता कुनै हालतमा टुट्न दिन नहुने माग राख्दैउनीहरुले धर्ना दिएका हुन् ।

पार्टीमा देखिएको विवादको हल वार्ता र संवादको माध्यमबाट निकाल्न उनीहरुले जोड दिएका छन् । पार्टीलाई विधि, विधान र पद्धतिअनुसार चलाउन उनीहरुले माग गरेका छन् ।

धर्नामा बसेकाहरुले पार्टीको बैठकभन्दा बाहिरबाट समाधान नहुने उल्लेख गर्दै सामूहिक छलफलबाट निष्कर्ष निकाल्न माग गरेका छन् । पार्टीमा विधि र विधानभन्दा व्यक्ति प्रधान भएर अगाडि बढ्दा यस्तो समस्या आएको उनीहरुको आरोप छ ।

दुई अध्यक्षबीच शुक्रबार भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ । सरकारले अचानक संसद बैठक अन्त्य गर्ने निर्णय गरेपछि पार्टी फुटाउने अध्यादेश फेरि आउने आशंका गर्दै नेकपा नेताहरुले पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्