नेकपा प्रबक्ता श्रेष्ठ भन्छन ‘पार्टी एकतामा खतरा उत्पन्न भयो’



काठमाडौं १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पछिल्लो समय पार्टीभित्र संकट पैदा भएको बताएका छन् ।

बिहीवार बसेको नेकपाको स्थायी कमिटि बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीभित्र संकट पैदा भएकाले एकतामा खतरा हुने बताएका हुन् ।

यसैसन्दर्भमा उनले भने, “पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने गम्भीर चासोसहित बैठकले पुनः पार्टी एकतालाई हरहालतमा रक्षा र सुदृढ गरेर अगाडि बढ्नका लागि आपसी छलफल गर्न पर्सि ११ बजेसम्म बैठक स्थगित गरिएको छ ।”

यसैक्रममा प्रवक्ता श्रेष्ठले पार्टी एकतामा संकट आएको भन्नुको अर्थ खतरा उत्पन्न भएको बुझ्नुपर्ने बताएका हुन् ।

पार्टीभित्रको संकट समाधानको लागि अन्तिमसम्म लागिरहनुपर्नेमा जोड दिइने उनले बताए । उनले भने, “पार्टी एकतामा संकट भनेको के हुन्छरु खतरा उत्पन्न भयो, संकटबाट पार्टीलाई बचाउनुपर्छ भनेर अन्तिम समयसम्म प्रयत्न गर्न छलफल केन्द्रित भइरहेको छ।”

बिहीवार नै २ पटक स्थायी कमिटि बैठक बसेको थियो । दुबै बैठकमा प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित रहेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्