मन्त्री भुसाल भन्छन, ‘फेरि एकपटक बिबेक र धैर्यको परीक्षा दिऔं’



काठमाडौं,१७ असार ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद अहिले सतहमा आइरहेका बेला कृषिमन्त्री घनश्याम भुसालले चिन्ताव्यक्त गरेका छन् । मन्त्री भुसालले पार्टी भित्रका अनिष्ट हुने सम्भावना नजिकिँदै गएको बताए ।

नेता भुसालले मध्यरात सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो १ अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो १ नहडबडाएर अगाडी बढिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेपछि पार्टीको मुख्य कमान्ड मानिने सचिवालयका पाँच प्रमुख नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका छन् । प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले पार्टी भित्र विवाद बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्