खुम्बु पासाङल्हामुको नाचिपाङमा बन्यो स्वास्थ्यचौकी भवन



 

खगिन्द्रराज बास्तोला ,

सोलुखुम्बु, १६ असार ।जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं। ३ नाचिपाङमा स्वास्थ्य चौकी भवनको निर्माण कार्य सम्पन्न भएको छ ।

नेपाल सरकार शहरी विकास मन्त्रालयबाट प्राप्त बजेट र सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको सहयोगमा सो स्वास्थ्य चौकी भवन निर्माण सम्पन भएको हो ।

स्वास्थ्य चौकी ३ करोड २० लाख ३२ हजार ८ सय ६२ रुपैयाँ लागतमा निर्माण भएको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो ।

भवन निर्माणसंगै दक्ष स्वास्थ्यकर्मीको ब्यबस्था गरेर पालिकाबासीलाइ स्तरीय स्वास्थ्य सेवा प्रदान गरिने बताउंदै वडाध्यक्ष शेर्पाले स्वास्थ्य चौकी निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद प्रकट गरेका छन।

प्रतिक्रिया दिनुहोस्