कोरोना संक्रमण : सोलुखुम्बु, भोजपुर, काभ्रे र संखुवासभा अब ग्रीन जोनमा !



काठमाडौं, १५ असार । आरडीटी टेस्टमा कोरोना पोजेटिभ देखिएपछि कोरोना अस्पताल बिराटनगर ल्याइएका सोलुखुम्बुका एक यूबाको पीसीआर नेगेटिभ आएसंगै केही हप्ता अघि उनी डिस्चार्ज भएका थिए। त्यति बेलै सो जिल्ला कोरोनामुक्त भएपनि स्वास्थ्य मन्त्रालयले सोलुखुम्बुलाई ग्रीन जोनबाट एल्लोमा समाबेश गरेको थियो।संक्रमणको अवस्थालाई हेरेर मन्त्रालयले जिल्ला बर्गीकरण गर्ने क्रममा सोलुखुम्बु फेरि ग्रीन जोनमा समाबेश भएको छ।

नेपालका सबै जिल्लामा कोरोना भाइरसको संक्रमण देखिए पनि संक्रमितहरु संक्रमणमुक्त भएर डिस्चार्ज भएसंग सोलुखुम्बुसहित भोजपुर , काभ्रेपलान्चोक र संखुवासभामा संक्रमितको संख्या शुन्य भएको छ। संक्रमितको संख्या शून्य भएसंगै यी जिल्ला ग्रीन जोनमा समाबेश भएका हुन। काभ्रेमा केही दिन अघिसम्म छ जना संक्रमित थिए। तर उनीहरु निको भइसकेका छन्।

यस्तै संखुवासभामा २, सोलुखुम्बुमा १ र भोजपुरमा पनि ६ जनालाई कोरोना संक्रमण देखिएको थियो। तर हाल उनीहरु सबै संक्रमणमुक्त भइसकेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा १२ हजार ७ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये हालसम्म ३ हजार १३ जना निको भइसकेका छन् भने २८ जनाको मृत्यु भएको छ।

हालसम्म देशभर २ सय बढी कोरोना संक्रमित भेटिएको जिल्लाको संख्या २१ पुगेको छ। बैतडी जिल्ला पनि यसको सूचीमा परेसँगै २ सय बढी संक्रमित भेटिएको जिल्ला २१ पुगेको हो।

२ सय बढी भेटिएका जिल्लाको पहिलो सूचीमा हाल पनि रौतहट नै रहेको छ। रौतहटमा सबैभन्दा धेरै १ हजार ३ सय १० संक्रमित भेटिएका छन्। दैलेखमा ७५८, कपिलवस्तुमा ७४३, सर्लाहीमा ६४४, महोत्तरी ६४१, कैलालीमा ५३८, दाङमा ५११, सुर्खेतमा ३६५, धनुषामा ३४५ लगायत छन्।

देशभर २० जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ भने ३६ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।

प्रतिक्रिया दिनुहोस्