मदन भण्डारी फाउन्डेसन सोलुखुम्बुको आयोजनामा नेचासल्यानमा बृक्षारोपण



शोभित कुमार ढुंगेल

सोलुखुम्बु , १४ असार ।नेपालको कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणका नायक मदन भण्डारीको ६८ औं जन्मजयन्तिको अवसरमा नेचा सल्यानमा बृक्षारोपन गरिएको छ।

मदन भण्डारी फाउन्डेसन सोलुखुम्बुको आयोजनामा जननेता भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आइतबार बृक्षारोपन कार्यक्रमको आयोजना गरिएको फाउन्डेसन सोलुखुम्बुका अध्यक्ष जगन्नाथ बास्तोलाले जानकारी दिए। नेचासल्यानको वडा न ५ मा गाउंपालिकाद्वारा संचालित नमुना कृषि सिकाइ केन्द्र परिसरमा फलफूल, डाले घाँस र भुइँ घासका २०० भन्दा बढी बिरुवा रोप्ने काम गरिएको हो । फाउन्डेसको आयोजनामा जिल्लाका अन्य स्थानीय तहमा पनि फाउन्डेसनको आयोजनामा बृक्षारोपण गरिएको बास्तोलाले बताए।

कोरोना महामारीका कारण उत्पन्न असहज परिस्थितिका कारण स्वास्थ्य मापदण्ड पूरा गरि जिल्लाका सबै स्थानीय तहमा स्वर्गीय भण्डारीको स्मृतिमा कार्यक्रमको आयोजना गरिएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!