जिल्लाको बिकासमा तीनै तहका जनप्रतिनिधिबीच समन्वय हुनुपर्नेमा सांसद राइको जोड



लावण फुयल
काठमाडौं,१३ असार ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्लाबाट निर्बाचित संघीय संसद प्रतिनिधि सभाका सदस्य हेमकुमार राई ‘सुरबीर’ ले जिल्लाको बिकासका लागि तिनै तहका जनप्रतिनिधिहरु समन्वय गरेर अगाडी बढ्नु पर्ने बताउनुभएको छ।
नेकपा सोलुखुम्बुका राजधानी काठमाडौंमा उपलब्ध नेताहरूको उपस्तिथिमा शनिबार भएको अनौपचारिक अन्तरकृयामा सांसद राइले सो कुरा बताउनु भएको हो।वहाँले आफुलाइ कता कता तीन तहका जनप्रतिनिधिहरुबीच समन्वयको अभाव भएको महसुस हुन थालेको बताउंदै सांसद राइले प्रदेश र स्थानीय तहको बिकासका लागि सिधै बजेट गएपनि त्यो केन्द्र सरकारबाटै गएको तथ्यलाई आत्मसात गर्नुपर्नेमा वहाँको जोड थियो।
योजना तर्जुमा र बजेटको परिचालन प्रदेश र स्थानीय तहले गरेपनि संघीय सरकारको नाम लिंदा कसैलाई हानी नहुने बताउंदै सांसद राइले बजेटको सन्दर्भमा संघीय सरकारको नाम लिन जनप्रतिनिधिहरुले हिच्किचाउनु नहुने बताउनुभयो।
कोराना भाइरस संक्रमणबाट जिल्ला र जिल्लाबासीहरुलाइ मुक्त राख्न सबैको सकारात्मक प्रयास अहिलेको आवश्यकता भएको बताउंदै राइले स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुले हालसम्म निर्बाह गरेको भुमिका प्रशंसनीय रहेको बताउनु भएको थियो।जनस्वास्थ्यको रक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरुको परिपुर्ति गर्नु आफ्नो दायित्व भएको बताउंदै वहाँले त्यसका लागि आफू प्रयासरत रहेको जानकारी पनि त्यस अवसरमा दिनुभयो।
पार्टीका अर्का केन्द्रीय सदस्य शिबकुमार बस्नेत ‘राजेन्द्र’, प्रदेश कमिटी सदस्य महेश किराँती,आङकामी शेर्पा , करुणा ढुंगेल,जिल्ला कमिटी सचिवालय सदस्यहरु,जिल्ला कमिटी सदस्यहरु,जनबर्गीय संगठनका केन्द्रीय सदस्य र सम्पर्क मन्चका पूर्ब पदाधिकारी उपस्थित सो अन्तरकृयामा कोरोना भाइरसका कारण सृजना भएको संकटले जिल्लाको सामाजिक तथा आर्थिक क्षेत्रमा पारेको असर, जिल्लामा बिकास निर्माणको अवस्था र पार्टी संगठन बिस्तार तथा जनप्रतिनिधिहरुको भूमिकाका बिषयमा छलफल भएको जिल्ला सचिवालय सदस्य शोभित बस्नेतले जानकारी दिनुभयो ।
अन्तरकृयाका सहभागीहरुले जनप्रतिनिधिहरुले पार्टी संगठनको बेवास्ता गर्दै एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै समन्वय गरेर जानुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया दिनुहोस्