भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु
असार १३, चितवन । चितवनमा शनिबार बिहान कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ आइसीयूमा शनिबार बिहान सात बजे कोरोनाका बिरामीको मृत्यु भएको भरतपुर अस्पताल कोभिड–१९ क्लिनिकल कोर्डिनेटर डा प्रमोद पौडेलले जानकारी दिए ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबार भरतपुर अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो । फोक्सोको क्यान्सर भएका ती पुरुषको स्वास्थ्य अवस्था शुक्रबार देखि जटिल भएको क्लिनिकल कोर्डिनेटर पौडेलले बताए ।