कोरोनाबाट ललितपुर पाटन अस्पतालमा एकको मृत्यु



काठमाडौ‌ं ११ असार । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा एक जनाको निधन भएको छ । अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेतिर मृत्यु भएको जिल्ला जनस्वास्थ्य ललितपुरका प्रमुख खगेश्वर गेलालले बताए ।
चितवन घर भएका उनी ललितपुरको महालक्ष्मी स्थानमा बस्दै आएका थिए। मिर्गौला प्रत्यारोपण गरिएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा राखेर उपचार हुँदै आएको थियो।
शव व्यवस्थापनको तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ। ललितपुर जिल्लामा कोभिड १९ का कारण यो समेत दुईजनाको मृत्यु भएको छ । यस अघि बुङमतीका एक पुरुषको किष्ट अस्पतालमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्