कोरोना महामारीको पीडाबोध गर्दै पूर्बराजाले यस बर्ष जन्मोत्सव नमनाउने (बिज्ञप्ति सहित)
काठमाडौं,१० असार ।बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मुलुक अब्यक्त पीडामा रहेको भन्दै पुर्व राजा ज्ञानेन्द्र शाहले यस बर्ष जन्मदिन नमनाउने निर्णय गर्नुभएको छ ।
कोरोना महामारीकोअकल्पनीय व्याधीबाट जीवन गुमाएका र पीडाग्रस्त रहेका सबैप्रति श्रद्धा तथा समवेदनाकासाथ संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दै जन्मदिन नमनाउने निर्णय गरिएको पूर्बराजा शाहद्वारा बुधबार जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।
संक्रामक रोगको यो समयमा नेपाली जनताले भोग्नु परेको गांस, वास र कपास लगायतका विविध समस्या समाधान गरियोस् भन्ने आग्रह समेत उल्लेख छ ।
यो अवधिमा बढ्दै गएको मानसिक वेदना, सामाजिक विकृति एवं आर्थिैक बेतिथिप्रति गहिरो चिन्ता व्यक्त गर्दै पुर्बराजाद्वारा जारी विज्ञप्तिमा अगाडी भनिएको छ-
‘विदेशिएका कतिपय नेपालीहरु स्वदेश फर्कने फर्कने सबैको श्रम, शिप र सामर्थको सदूपयोग गरि आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाइनू पनि नितान्त जरुरी रहेको छ ।’
बदलिंदो विश्व व्यवस्थालाई बूझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रिति, संस्कृति र पद्दतितिर फर्कनू जरुरी देखिएको बताउंदै वहाँले
यसबाट नै हाम्रो स्वाभिमान र स्वावलम्वनको परिपाठी फेरि कायम हुने बिश्वास समेत व्यक्त गर्नु भएको छ।
केहि दशक अघिसम्म आफ्नै गौरवगाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शिर फेरि ठाडो पार्नू परेको छ पुर्व राजाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
नेपाल बहूजातीय, बहूभाषिक र बहूबिध भौगोलिक विशेषता रहेको मुलुक भएको उल्लेख गर्दै पुर्बराजाले परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सदभाव सनातनिक मान्यता रहेको स्मरण गराउनु भएको छ।
त्यसैले अहिले देशमा पन्पिँदै गएको जातीयता, बर्गियता र क्षेत्रीयताका संक्रिय दूर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो नगर्ने पूर्बराजाद्वारा जारी विज्ञप्तीमा भनिएको छ।