‘स्थानीय जनप्रतिनिधी दुर्व्यवहार गर्नेलाई कानूनी कारबाही होस,’ -सांसद राई
काठमाडौ ९ असार । मंगलबार बसेको प्रतिनिधी सभाको बैठकमा विशेष समयमा बोल्नुहुँदै सांसद राईले सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष र उपाध्यक्ष माथि कार्यकक्षाभित्रै भएको दुर्व्यवहारमा संलग्नलाई कानून अनुसार कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
सांसद राईले सोलुदुधकुण्ड नगरपालिका बैठकमा उपमेयरमाथि भएको दुर्व्यवहार र हातपात माथि पनि कानूनी कारबाहीको माग गरेका छन् । ‘जनप्रतिनिधीलाई दुर्व्यवहार गर्नेहरु स्थानीय स्तरमा निर्माण भैरहेको जलविद्युतका सञ्चालकलाई अपहरण गरी लेनदेनको विषयमा जवरजस्ती हस्ताक्षर गर्न लगाएकाले आरोप लगाई अपहरण मुद्धा प्रहरीमा दर्ता भएकाले पनि उनीहरुलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ, सांसद राईले भने, ‘यस्ता व्यक्तिलाई बचाउन कुनै पनि राजनीतिक पार्टी र व्यत्ति लाग्न हुँदैन ।’
राईले विदेशबाट उद्धार गरि ल्याएका सोलुखुम्बुका नागरिकलाई प्रदेश नं। १ विराटनगर लगेर अलपत्र पार्न नहुने पनि बताए । सोलुखुम्बु जिल्लाको लागि विदेशबाट उद्धार गरी ल्याएका नागरिकलाई काठमाडौंबाटनै स्थानीय तहसम्म लैजान सहज भएकाले राजधानीबाटै जिल्ला पठाउने व्यवस्था गरिदिन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।सगरमाथा अनलाइनबाट साभार