लकडाउन अबधिको शुल्क नलिन प्याब्सन र एन प्याब्सनलाई अनेरास्ववियुको चेतावनी



काठमाडौं,८ असार  ।सत्तारुढ दलको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले निजी क्षेत्रबाट संचालित विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनको निर्णयप्रति आपत्ति जनाएको छ।
अनेरास्ववियूले लकडाउनका बेला प्याब्सन र एनप्याब्सनले विद्यार्थीबाट रकम असुल्ने गरी जारी गरिएको संयुक्त अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अनेरास्ववियृले एक विज्ञप्ति जारी गरी कोरोना कहरका कारण लकडाउनले गर्दा विद्यार्थी र अभिभावकहरु चौतर्फी रुपमा आक्रान्त भएका वेला शुल्क उठाउने निजी विद्यालय संचालकहरुको आह्वानको भर्त्सना गरेको हो।
‘प्याब्सन र एनप्याब्सनले आइतवार २०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्न,०७७ सालको विद्यालयमा बुझाउनु पर्ने शुल्क भुक्तानी गर्न’ अपिल गरेको थियो।
अनेरास्ववियूले निर्णय असान्दर्भिक र अव्यवहारिक भएको भन्दै तत्काल फिर्ता लिन र लकडाउन अवधि जारी रहँदासम्म शुल्क नलिन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्