गोर्खा भर्ती खारेज गर्न बिप्लव समूहको माग,भाडावाल लडाकु नबन्न युबाहरुलाइ आग्रह



काठमाडौं,६ असार ।प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको ९नेकपा०ले गोर्खा भर्ती खारेज गर्न माग गरेको छ । उसले आज एक बिज्ञप्ति जारी गर्दै यसको तत्काल खारेजीको माग गरेको हो । गोरखा रेजिमेन्ट अङ्ग्रेज साम्राज्यवादकालीन र नेपाली सामन्ती राणाकालीन सम्झैताको निरन्तरता भएको भन्दै विप्लव समुहले यसको खारेजी गर्न माग गरेको छ ।

तत्कालीन समयमा पैसा र चाकडीका लागि युवाहरुलाई अर्काको देशका लागि लड्न पठाउने चलन २१ औं सताब्दीमा पनि देशका लागि लज्जास्पद र अपाच्य हुने विप्लव समुहको ठहर छ । भारतले चीनसँगको सीमामा दुई पक्षका सैनिकबीच झडप भएपछि विदामा बसेका नेपाली गोर्खा सैनिकलाई बिदा कटौती गरेर बोलाएको प्रसंग जोड्दै चीनबिरुद्ध लड्न नेपाली गोर्खाली सेना पठाउन लागेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।

नेपाली नागरिकले कुनैमपनि देशको सेनामा भर्ती भएर अर्को देशकाविरुद्ध युद्धमा भाग लिने कार्य स्वीकार्य नहुने विप्लव समुहको ठहर छ । बिज्ञप्तिमा दुई समान छिमेकीकाबीचमा नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक रहेको भन्दै गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरिएको छ ।

विप्लब समुहले नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न अपिलसमेत गरेको छ ।

बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस्