स्वास्थ्य सामाग्री अनियमितता छानविन गर्न माग गर्दै कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र



काठमाडौं २ असार । स्वास्थ्य सामग्री खरिद लगाएतमा भएको अनियमितताको छानविन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वमा प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर कांग्रेसको टोलीले ज्ञापनपत्र बुझाएको हो । कांग्रेसले कोरोना परीक्षणको दायार बढाउन, क्वारेन्टाइनको व्यवस्थापन राम्रो बनाउन, भारतबाट आउने नेपालीलाई उचित तरिकाले व्यवस्थापन गर्न माग गरिएको छ ।
कांग्रेसले पेश गरेको ज्ञापनपत्रमा राहत वितरणलाई समेत व्यवस्थित बनाउन र समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन पहल गर्न समेत माग गरिएको छ प्रमुख सचेतक खाँणको नेतृत्वमा गएको संसदीय दलको टोलीमा सांसदहरु गगन थापा, सचेतक पुष्पा भुसाल र भिमसेनदास प्रधान सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्