काठमाडौंमा सोताङ गाउँपालिकाको राहत बितरण सम्पन्न, ४ सय ३० परिवार लाभान्वित



काठमाडौं,२९ जेठ।
सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाले काठमाण्डौं उपत्यकामा अस्थायी बसोबास गरिरहेका ४ सय ३० परिवार पालिकाबासीलाई राहत वितरण गरेको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागि सरकारले लामो समय गरेको लकडाउनको कारण काठमाण्डौं उपत्यकामा अप्ठ्यारामा परेका आफ्ना ५ वटै वडाका नागरिकहरुलाई गाँउपालिकाले राहत वितरण गरेको हो ।
गाँउपालिका अध्यक्ष बीर बहादुर राईको नेतृत्वमा वडाअध्यक्ष तारा राई र सचिव भिम मगर सहितको टोली राहत काठमाण्डौं उपत्यका विभिन्न ठाउँमा आफै पुगेर राहत बितरण गर्नुभएको थियो।हिंजोबाट सुरु गरिएको राहत बितरण आज सम्पन्न भएको हो। टोलीले प्रति परिवार १ बोरा चामल, ३ केजी दाल, १ केजी नुन र १ लिटर तेल राहतको रुपमा वितरण गरेको बताइएको छ।
आफूले सोचेभन्दा बढी र गुणस्तरयुक्त राहत पाएपछि काठमाडौमा रहेका सोताङवासीहरुले गाउँपालिकाको नेतृत्व,कर्मचारी र स्वयमसेवकहरुप्रति खुलेरै प्रशंसा गरेका थिए। उपत्यकाका कपन,गोकर्ण,नयाँबस्ती, मुलपानी, जोरपाटी,चावहिल क्षेत्रमा जेष्ठ २९ गतेचक्रपथ,हात्तीगौडा,बसुनधारा,नयाॅंवसपार्क,बनस्थली,ठमेल,वल्खु,वालकुमारी,लुभु,राधेराधे,पेप्सीकोला लगायत विभिन्न स्थानहरुमा राहत वितरण गरिएको हो।यो भन्दा अगाडी अति नै समस्यामा परेकाहरुलाई उद्धार गरी गाउँ लगिएपछि बाँकी काठमाडौंमा नै बस्न बाध्य भएकाहरुलाई खोजीखोजी टोलटोलमा पुगेर राहत वितरण गरिएको हो ।
राहत साच्चिकै पीडित र दुखीहरुको हातमा पुग्न सकोस् भनेर पालिका कर्मचारीसहितको टोली लिएर आफूहरु काठमाडौं आएको र टोलटोलमा आफै उपस्थित भएको प्रमुख राईको भनाई थियो ।
आफूहरु आफ्नो नागरिकहरुको उद्धार कार्यको लागि एउटा स्वयमसेवकको रुपमा रहेर काम गर्न पाउदा साह्रै खुसी भएको युवा समाजसेवी तथा पर्यटन व्यावसायी लक्ष्मण मिसन कार्कीले बताउनुभयो।
यो सङ्कटको अवस्थामा गाउँपालिकाले प्रशंसा गर्न योग्य काम गरेर जनताको मन जितेको र अप्ठेरोमा परेका पिडित नागरिकहरु अत्यन्तै खुशी भएको बताउदै गाउँपालिकाका अध्यक्ष बीर बहादुर राई, वडाअध्यक्ष तारा राई, सचिव भिम मगर लगायत स्वयमसेवक मित्रहरु सबै जना धन्यवादको पात्र रहेको युवा समाजसेवी कार्कीले वताउनुभयो।
राहत वितरण भव्य रुपमा सफल भएको भन्दै पालिका अध्यक्ष राईले सम्पुर्ण अप्ठेरोमा परेका पीडित नागरिकहरु र स्वयंसेवकहरुलाई विशेष धन्यवाद दिनुभयो
प्रतिक्रिया दिनुहोस्