लकडाउन खुकुलो -के गर्न पाइन्छ, के पाइंदैन ?



काठमाडौं, २९ जेठ। नेपालमा कोरोना संक्रमणको त्रास बढेपछि जारी गरिएको लकडाउन ८० दिनपछि केहि खुकुलो पारिएको छ ।

सर्वसाधरण नागरिक र सिङ्गो देशकै आर्थिक क्रियाकलाप ठप्प बनेपछि सरकारले विभिन्न शर्तसहित लकडाउन खुकुलो बनाएको छ ।

बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निजी सवारीहरु जोर–बिजोर प्रणालीमा चलाउन दिनेलगायतका महत्वपूर्ण निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

बिहीबार सञ्चार मन्त्रालययमा मन्त्रिपरिषद्का निर्णयाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले आर्थिक क्रियाकलाप लामो समयदेखि निस्क्रिय हुँदा नागरिकको जीवनयापनमै असहजता पैदा भएकाले लकडाउनलाई केही खुकुलो बनाइएको जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले उद्योग, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर्सहरु खुल्ला गर्ने निर्णग गरेको छ। यसअघि अनावश्यक कामका लागि बाहेक पैदल यात्रामा रोक लगाएको सरकारले पैदल यात्रा खुला गरेको छ भने मोटरसाइकल र साइकल चलाउन दिने निर्णय गरेको छ ।

यी क्षेत्र सञ्चालनमा आउने
१) स्वास्थ्यसँग सम्बन्धित सबै सेवा ९निजी क्लिनिक समेत० ।
२) कृषि क्षेत्र स् उत्पादनदेखि वितरणसम्म ।
३) उद्योग व्यापार, व्यसाय, पसल, डिपार्टमन्ट स्टोर्स खुल्ला गर्ने ।
४) सबै प्रकारका ढुवानीहरु सञ्चालनमा ल्याउने ।
५) व्यक्तिको पैदल आवागमन खुला ।
६) साइकल र मोटरसाइकल ९मोटरसाइकलमा १ जना० सवारी गर्न पाइने ।
७) उपत्यकाभित्रको हकमा उपत्यकाका तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्रका निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने ।
८) फोहारमैला व्यवस्थापन काम यथावत रुपमा अगाडि बढ्ने ।
९) बैंक तथा वित्तीय संस्था खुल्ला ।
१०) नर्सरी र वनजन्य उद्यमहरु ।
११) विकास आयोजनाहरु ।
१२) रेस्टुरेन्टबाट खानेकुरा लैजान पाइने (टेक अवे सर्भिस) ।
१३) क्वारेन्टिनका लागि तोकिएका होटल र यातायात सञ्चालन गरिने ।
१४) सरकारी कार्यालयहरु सञ्चालन गरिने ।
१५) शिक्षण संस्थाका कार्यालय सञ्चालन गरिने ।
१६) गैरसरकारी संस्थाका कार्यालयहरु सञ्चालन गरिने ।
१७) सार्वजनिक तथा जोर–बिजोर प्रणालीमा लागू हुने गरी निजी सेवा प्रदायक कार्यालयहरुका गाडी सञ्चालन गर्न पाइने ।

यी हुन् गर्न नपाइने क्रियाकलापहरु:
१) शैक्षिक संस्थाहरु ९यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु०
२) अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरु ।
३) तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवत–जावत ।
४) सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार ।
५) सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
६) सिनेमा हल, पार्टी प्यालेस, डान्स बारलगायतका मनोरञ्जनस्थल ।
७) सार्वजनिक पुस्तकालय, संग्रहालय, चिनियाखाना ।
८)स्पा, सैलुन र ब्यूटीपार्लर ।
९) स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबहरु ।
१०) सपिङ मलहरु ।
११) समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतीहरु ।
१२) सबै प्रकारका धार्मिक तथा सामाजिकस्थलहरु ।
१३) यात्रुबाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधन समेत ।
१४) काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बिन्धत जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधन ।

प्रतिक्रिया दिनुहोस्