थप ३ सय २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ८५ पुग्यो !



 

काठमाडौं, २७, जेठ।नेपालमा कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या ४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी दिएको हो ।

संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ । यस्तै कोभिड-१९ निको भएर घर फर्किनेको संख्या ५ सय ८४ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्