आइतबार बिहानसम्म निरन्तर झरी पर्ने, उच्च सतर्कता अपनाउन महाशाखको अनुरोध



काठमाडौं २४ जेठ । शनिबार विहानैदेखि देशका विभिन्न भुभागमा अविरल बर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार झरी बर्षा निरन्तर रुपमा भोलि बिहानसम्म नै जारी रहने बताएको हो । निरन्तर भोली बिहानसम्म झरी हुने भएका सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले शुक्रबारदेखिको वर्षा भोलि बिहानसम्म नै जारी रहने महाशाखाले जनाएको हो ।

अहिले मुलुकका अधिकांश भू भागमा वर्षा भइरहेको छ । महाशाखाले विभिन्न स्थानमा मापन गरेको वर्षाको विवरणअनुसार सबैभन्दा बढी धनगढीमा ७४.९ मिलिलिटरसम्म वर्षा भएको छ । यस्तै वीरेन्द्रनगरमा ३८.७, दिपायलमा २७.१, सिमरामा २०.९ र काठमाडौंमा १२.८ मिलिलिटर वर्षा भएको छ ।

प्रदेश १, २, बागमति र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षासँगै मेघगर्जन र चट्याङको पनि सम्भावना छ भने उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्