नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो



काठमाडौं २२ जेठ । नेपालमा  कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । जेठ २० गते पाल्पाको मिसन अस्पतालमा ज्यान गुमाएका ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टिभएसँगै सो संख्या १० पुगेको हो ।

पाल्पाको पूर्वखोला गाउँपालिका घर भए भारतबाट आएका ४५ वर्षीय पुरुषमा पछिल्लो पटक कोरोना पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटका अनुसार उनी भारतबाट आएर क्वारेन्टाइनमा थिए।

उनमा श्वास फेर्न समस्या र उच्च ज्वरो देखिएपछि स्वाब संकलन गरिएको थियो। तर उनको पनि ज्यान गएपछि मात्रै कोरोनाको रिपोर्ट आएको हो। उनलाई तीन दिनअघि मिसन अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्