प्रयोगकर्तामाथी निगरानी गरेको भन्दै गुगलमाथि पाँच अर्ब डलर जरिवाना



 

एजेन्सी, २२ जेठ । ग्लोबल टेक कम्पनी गुगलमाथि पुनः पाँच अर्ब डलर जरिवाना लागेको छ । गुगलको क्रोम ब्राउजरले प्राइभेट मोडमा प्रयोगकर्ताहरुमाथि निगरानी राखेको खुलासा भए पछि कम्पनीमाथि जरिवाना लागेको हो ।

सामान्यतः कुनै पनि वेब ब्राउजरले प्राइभेट मोडमा सर्च गर्दा सर्च हिस्ट्री बन्दैन र प्रयोगकर्तामाथि निगरानी हुँदैन । तर गुगल क्रोमले यो मान्यताको उल्लंघन गरेको छ । तर कम्पनीले प्राइभेट मोडबाट आफूले प्रयोगकर्ताहरुको डाटा संकलन नगरेको बताएको छ ।

गुगलविरुद्ध ल फर्म बोइस स्किलर फ्लेक्सनरले क्यालिफोर्नियास्थित सैन जोसमा मुद्दा दायर गरेको हो । उक्त उजुरीमा गुगलले २०१६ सम्म इन्टरनेटको निजी मोड प्रयोग गर्ने लाखौं प्रयोगकर्ताहरुको क्रियाकलापमाथि निगरानी राखेको उल्लेख छ ।

सामान्यरुपमा गुगलको क्रोम ब्राउजरले प्राइभेट मोड अर्थात् इंकग्निटो मोडमा प्रयोगकर्ताहरुको सर्च हिस्ट्री सेभ गर्दैन तर गुगलले चाहेको खण्डमा उसले प्रयोगकर्ताहरुको गुगल एनालिटिक्सबाट ट्रयाक गर्नसक्छ ।

यसअघि पनि प्रयोगकर्ताहरुको डाटा संकलन गरेको धेरै आरोपमा गुगलले जरिवाना भरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्