चिनियाँ एयरलाइन्सका विमानलाई अमेरिकामा प्रतिबन्ध



एजेन्सी ।अमेरिकाले चीनबाट आउने तथा चीन जाने चिनियाँ एयरलाइन्सका सबै उडानमा प्रतिबन्ध लगाउने घोषणा बुधवार गरेको छ । बेइजिङले अमेरिकी एयरलाइन्सका विमानहरूलाई चीनमा सेवा सुचारु गर्ने अनुमति नदिएपछि अमेरिकाले यो कदम चालेको हो ।

‘अमेरिकी विमान कम्पनीहरूले जुन १ देखि यात्रु सेवा सुचारु गर्न अनुरोध गरेका थिए । तर चीन सरकारले उनीहरूको अनुरोधलाई स्वीकार नगरेर एयर ट्रान्सपोर्ट एग्रीमेन्टको उल्लंघन गरेको छ,’ अमेरिकाको यातायात विभागले बयान जारी गरेर जनायो ।

उडान प्रतिबन्ध असार २ देखि लागू गरिनेछ र राष्ट्रपति डोनल्ड ट्रम्पले आदेश दिएमा त्यसभन्दा अघिबाट नै लागू गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्