रुकुम घटनाको निष्पक्ष छानबिन गर्न सत्तारुढ नेकपाको माग



काठमाडौं, २२ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  ले जेठ १० गते रूकुम पश्चिममा भएको घटनाको निन्दा गरेको छ। घटनाको १० दिनपछि नेकपाले धारणा सार्वजनिक गर्दै निष्पक्ष छानबिन गर्न, अपराधीलाई कडा कानुनी कारबाही गर्न माग गरेको हो ।

महासचिव विष्णु पौडेलले वक्तव्य जारी गरेर रूकुम पश्चिम घटनाले सबैलाई गम्भीर र चिन्तित तुल्याएको भन्दै घोर निन्दा र भत्र्सना गरेका हुन् ।

उनले घटनाको निष्पक्ष छानबिन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनी रूकुम पश्चिमको चौरजहारीमा रहेकी प्रेमिका लिन १८ जना साथीसहित पुगेका थिए। त्यही बेला उनीसहित गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले स्थानीयको आक्रमणमा ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्