केएमसी अस्पतालका चार स्वास्थ्यकर्मीमा कोरोना
काठमाडौं २० जेठ । काठमाडौं मेडिकल कलेजका चारजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस संक्रमित हुनेमा तीनजना महिला र एकजना पुरुष रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार संक्रमितमा २४ देखि ३२ वर्षका तीनजना महिला र एकजना २८ वर्षीय पुरुष स्वास्थ्यकर्मी रहेका छन्। उनीहरुलाई कसरी संक्रमण भयो भन्ने केही खुलाइएको छैन। काठमाडौंमै स्वास्थ्यकर्मीलाई यति धेरै संख्यामा पहिलो कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि कपिलवस्तु, धनकुटासहितका जिल्लामा नर्ससहितका स्वास्थ्यकर्मीलाई कोरोना भएको थियो। यसअघि ग्राण्डी अस्पतालको ल्याबमा काम गर्ने एक कर्मचारीलाई कोरोना देखिएको थियो।