लकडाउनबिरुद्द जोरपाटीमा प्रदर्शन



 

काठमाडौं,२० जेठ। काठमाडौंमा व्यापारीहरुले लामो समयदेखि जारी रहेको लकडाउनका कारण व्यापार व्यवसाय चौपट भएको भन्दै प्रदर्शनमा उत्रिएका छन् । मंगलबार जोरपाटीका व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले पसल खोल्न पाउनु पर्ने माग गरेका छन् । सो क्रममा पसल बन्द गर्न अटेर गर्ने एकजनालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।  यसबारे स्थानीय प्रतिनिधिसँग छलफल गर्ने सहमति भएपछि व्यवसायीहरुले प्रदर्शन रोकेका छन् । पसल खोल्ने विषयमा  गोकर्णेश्वर नगरपालिकाले पहल गर्ने आश्वसन दिएको छ ।

मुलुक ७१ दिनदेखि लकडाउनको अवस्थामा छ । सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि लकडाउन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्