किसानहरुको लागि अब भूमि बैंक र सामूहिक खेतीको ब्यवस्थापन हुने, यस्तो छ योजना !
काठमाण्डौ, १५ जेठ । नेपाल सरकारले भूमि बैंकमार्फत र सामूहिक खेती गर्नेलाई मात्रै शीत भण्डारणको व्यवस्था गर्ने भएको छ ।
त्यसका लागि पालिकामार्फत एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ । कृषि उपज खरिद गर्ने, खाद्य गोदामको मर्मत गर्नेलगायत काममा बजेट खर्च हुनेछ ।
यस्तै सबै पालिकामा एक कृषि एक पशु सेवा स्वास्थ्यकर्मीका लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सरकारले किसानले कृषिजन्य वस्तु उत्पादन भएपछि मात्रै बीमाको प्रिमियम तिर्ने व्यवस्था मिलाउने जानकारी अर्थमन्त्री खतिवडाले जानकारी दिएका छन् ।