एक जनाले सार्यो ९१ जनालाई कोरोना !



वासिङ्गटन, १२ जेठ । अमेरिकामा लकडाउन खोलेपछि कोरोना संक्रमणको जोखिम बढेको छ । मिसौरीमा एक कोरोना संक्रमित हजाम (कपाल काट्ने मानिस) ले ९१ जनामा कोरोना संक्रमण फैलाएको भेटिएको छ ।

९१ मध्ये ८४ जना उनका ग्राहक हुन् भने ७ जना उनका सहकर्मी हजामहरु हुन् । ती हजामले लकडाउन खुलेपछि ८ दिनसम्म काम गरेका थिए ।

मिसौरीमा ४ मेमा सैलुन खुलेका थिए । यहाँ कोरोनाबाट अहिलेसम्म ११ हजार ७५२ जना मानिस संक्रमित भएका छन् भने ६७६ जनाको मृत्यू भएको छ । त्याँ राष्ट्रपति डोनाल्ड ट्रम्प आवद्ध रिपब्लिकन पार्टीका नेता माइक पार्सन गभर्नर रहेका छन् । ट्रम्पले सुरुदेखि नै लकडाउन खोल्न जोड दिँदै आएका थिए ।

यसैबीच, अमेरिकन राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टीका प्रबल दावेदार जो बाइडेनले मुलुकमा करिब एक लाख मानिसको कोरोनाबाट मृत्यू भइसक्दा पनि ट्रम्प गल्फ खेलेर बसेको भन्दै आलोचना गरेका छन् ।

ट्रम्पले लकडाउन सुरु भएपछि पहिलोपटक शनिबार भर्निनिया स्थित आफ्नो गल्फ मैदानमा गल्फ खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्