एमसीसी खारेज गर्न माओवादी केन्द्र नेवा-ताम्सालिङको माग



काठमाडौं १० जेठ ।  नेकपा माओवादी केन्द्र नेवा-ताम्सालिङ प्रदेश कमिटीले सरकारले विभिन्न बहाना गर्दै राष्ट्रंघाती सम्झौता एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) लाई संसदबाट पास गराउन खोजिरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो सम्झौता तत्काल खारेज गर्न माग गरेको छ।

प्रदेश कमिटी उपाध्यक्ष प्रकाश दाहालले हालै एक बिज्ञप्ती प्रकाशित गरी यो सम्झौता नेपालको राष्ट्रियता,सार्बभौमिकता तथा असंलग्न परराष्ट्र नीति विरुद्ध रहेको भन्दै त्यसको खारेजीको माग गरेका हुन।

प्रेस बिज्ञप्तीमा भनिएको छ, ‘नेपालको राष्ट्रियता र सार्वभौमिकता तथा असंलग्न परराष्ट्रनीति विरुद्ध भएको ठहर गरेको छ, संगै प्रस्ताव खांरेजको कडा माग गर्दछ । र यसलाई खारेजिको माग गर्दै देशभक्त बुद्धिजीवी विभिन्न राजनैतिक पार्टीले समेत खारेजीको माग राख्दै आएका छन् ।’

भखरै संखुवासभा जिल्लामा निर्माण हुन लागेको ७ सय २५ मेगावटको माथिल्लो अरुण जलविद्युत आयोजना लगानीको नेतृत्व गरिदिन नेपाल सरकारका ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्तले २०७७ साल जेष्ठ ७ गते विश्व बैंकसमक्ष राखेको प्रस्ताव प्रति गम्भिर ध्यानकषर्ण गरेको गरिएको कुरा बिज्ञप्तीमा जारी गरेको हुन ।

बिज्ञप्तीमा जारी गरिएको छ, ‘उर्जा मन्त्रीले विश्व बैंक मार्फत माथिल्लो अरुण जलविद्युत आयोजना अमेरीकालाई सुम्पेर त्यहाँ अमेरिकी सैन्य क्याम निर्माण गरी नेपालको भूमिमा युद्धको रणमैदान बनाउन लागेका मन्त्री वर्षमानको योजना राष्ट्रघाती छ । यो राष्ट्र८घाती सझौता विरुद्ध, सचेत आम जनसमुदाय यो परिस्थितिमा एक जुट हुने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्