अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९३ हजारभन्दा बढीको मृत्यु



काठमाडौं ७ जेठ । साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५३० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९३ हजार ५११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ८५० जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ७० हजार १४४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ६३ हजार ६९ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ११ लाख १३ हजार ५६४ जनामध्ये १७ हजार २४६ जनाको अवस्था गम्भीर रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्