अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९१ हजारभन्दा बढीको मृत्यु



काठमाडौं ६ जेठ । साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९१ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ९३७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९१ हजार ९१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ६७० जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ४९ हजार ३३४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख ५४ हजार ३३९ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ११ लाख ३ हजार ८० जनामध्ये १६ हजार ८५७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्