नेचामा भिडियो एक्सरे सेवा सुरु भएपछि गर्भवती महिलालाई राहत



खगिन्द्रराज बास्तोला,
सोलुखुम्बु ५ जेठ ।भिडियो एक्सरे गर्नकै लागि दिन बिताएर अन्यत्र धाउनुपर्ने बाध्यतामा रहेका साबिक नेचा बेतघारी र बतासेका  गर्भवती महिलाहरुले अब भने सो समस्याबाट मुक्ति पाएका छन।

नेचा सल्यान वडा नं ३ स्थित स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरु भएसंगै त्यहांका महिलाहरु भोग्दै आएको सो समस्याबाट मुक्त भएको स्वास्थ्य चौकी नेचाबेतघारीका अहेब मेघराज  कटेलले जानकारी दिए। मानव अधिकार तथा शान्ति विकास मञ्च सोलुखुम्बुको विशेष पहलमा switzerland  का dr. Andreas schneider मार्फत सो भिडियो एक्सरे स्वास्थ्य चौकी नेचा बेतघारीलाइ प्राप्त भएको अहेब कटेलले रहस्यखबरलाइ बताए ।

 

कटेलका अनुसार वडाध्यक्ष धर्मध्वज खत्रीको अध्यक्षतामा रहेको स्वास्थ्य चौकी ब्यबस्थापन समितिको निर्णय अनुसार गत साताबाट सन्चालनमा आएको सो भिडियो एक्सरेबाट झन्डै दर्जन जति बढी गर्भवती महिलाले सेवा लिइसकेका छन।एक हेल्थ असिस्टेन्टसंगै दुई अहेब र दुई अनमीको दरबन्दी रहेको सो स्वास्थ्य चौकीमा अनमी हेमकला राइले भिडियो एक्सरे सेवा प्रदान गर्दै आएकी छन। अनमी राइले One Heart World Wide को आर्थिक ब्यबस्थापनमा झापाको दमकस्थित आम्दा अस्पतालबाट Usg तालिम लिएको बताइएको छ।

दुई बर्ष देखिको अथक मेहनतबाट स्वास्थ्य चौकीले भिडियो एक्सरे मेसिन प्राप्त भएकोमा खुसी व्यक्त गर्दै अहेव कटेलले मेसिन दिलाउन महत्वपूर्ण भुमिका निर्बाह गरेको भन्दै मानव अधिकार तथा शान्ति विकास मञ्च र मेसिन प्रदान गर्ने मच ।Dr . Andreas Schniederलाई धन्यवाद दिएका छन्। यो भिडियो एक्सरे मेसिन गर्भवती आमा को गर्भ अवस्थाका बारेमा जानकारी लिनका लागि प्रयोग गरिने उनको भनाइ छ। कट्टेलले भिडियो एक्सरे सेवा सञ्चालनका लागी नेचासल्यान गाउपालिकाको भूमीका प्रशनीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्