अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९० हजारको मृत्यु



काठमाडौं ५ जेठ । कोरोना भाइरसको महामारीका कारण अमेरिकामा ९० हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ८६० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९० हजार ९७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ६९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख २६ हजार ८४२ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ४४ हजार ९४३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ९० हजार ९२६ जनामध्ये १६ हजार ३५३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्