लकडाउन निरन्तर कायम गर्ने उच्चस्तरीय समितिको निर्णय



काठमाडौ ४ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गठित उच्चस्तरीय समितिको बैठकले लकडाउन कायमै राख्ने निर्णय गरेको छ ।  आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउन प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई यथावत राख्ने निर्णय भएको समितिका प्रवक्ता नारायण विडारीले जानकारी दिए ।

यस्तै क्वारेन्टाइनस्थल थप गर्दै जाने, शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, आपूर्ति व्यवस्था चुस्त दुरुस्त पार्ने निर्णय पनि बैठकले गरेको छ । आइतबारको मन्त्रिपरिषदको बैठकले समितिको सिफारिसका आधारमा यसबारे औपचारिक निर्णय लिनेछ ।

सरकारले लागू गरेको लकडाउनको समयसीमा सोमबारदेखि सकिदै छ ।

प्रतिक्रिया दिनुहोस्