कोरोना भाइरस ४ दिनमा नै निको हुने, अमेरिकामा बन्यो एन्टीबडी



काठमाडौं ३ जेठ । अमेरिकाको एक कम्पनीले कोरोना भाइरसको संक्रमणलाई ४ दिनमै निको पार्ने एन्टीबडी बनाइएको दाबी गरेको छ ।

फक्स न्यूजका अनुसार क्यालिफोर्नियामा रहेको एउटा बायोफर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको एन्टीबडी आविस्कार गरेको उल्लेख छ ।

अमेरिकी संचारमाध्यम फक्स न्यूजले उसको टिभी च्यानल र डिजिटल पत्रिका दुबैमा एक्ल्युसिभ न्यूज भन्दै प्रकाशित समाचारमा उक्त एन्टीबडी चार दिनभित्रै कोभिड १९ संक्रमण निको बनाउने उल्लेख छ ।

समाचारमा यो एन्टीवडीले मानव शरीरलाई कोरोना भइरसबाट पूरै प्रतिरक्षा गर्ने उल्लेख छ ।

एसटीआई – १४९९ एन्टीबडी नाम दिइएको सान् डिएगोको सरेन्टो थेराप्युटिकबाट उत्पादित सो एन्टीबडीबारे विस्तृत विवरण आजै साँझसम्ममा सार्वजानिक गर्ने तयारी भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!