नेपाल पत्रकार मन्चद्वारा सन्चारकर्मीहरुलाइ प्रेस ज्याकेट बितरण
काठमाडौं, ३ बैशाख । नेपाल मोबाइल वितरण संघले सन्चारकर्मीहरुका लागि आवश्यक प्रेस ज्याकेट नेपाल पत्रकार मन्चलाइ हस्तान्तरण गरेको छ।मन्चको कार्यालयमा शुक्रबार आयोजित संक्षिप्त कार्यक्रममा संघका अध्यक्ष दिनेश चुल्याद्योका तर्फबाट मञ्चका कार्यसमिति सदस्य जेन श्रेष्ठले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई ५० थान प्रेस ज्याकेट हस्तान्तरण गरेका हुन। कोरोना भाइरस (कोभिड–१९) का बारेमा सचेतना अभिबृद्धि गर्ने कार्यमा अग्रपंक्तिमा क्रियाशील सञ्चारकर्मीहरुलाई कार्यक्षेत्रमा काम गर्न सहज होस् भन्ने उद्देश्यले आवश्यक पर्ने प्रेस ज्याकेट नेपाल मञ्चलाई उपलब्ध गराइएको श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा मन्चका अध्यक्ष बिद्रोहिले संकटका बेला सबैपक्ष बीच सहकार्य हुनु आवश्यक रहेको बताउंदै सन्चारकर्मीहरुको हितका लागि चिन्ता व्यक्त गरेर आवश्यक सहयोग उपलब्ध गराइरहेका नेपाल मोबाइल बितरक संघ लगायतका संस्थाहरुलाइ धन्यवाद ज्ञापन गरेका थिए ।

संघद्वारा पत्रकार मञ्चलाई हस्तान्तरण गरिएका उक्त ज्याकेट शुक्रबार नै नेपालका विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारहरुलाई वितरण गरिएको छ। यस्तै नेपाल पत्रकार मञ्चकी सदस्य भद्रा भण्डारीले पनि पत्रकारहरुका निम्ति आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) वितरण गर्नुभएको छ ।