पति जतिबेला पनि यौन सम्पर्कका लागि तयार भएपछि घानाकी एक महिलाले गरिन सरकारसंग यस्तो आग्रह



एजेन्सी । लक डाउनको कारण मानिस दैनिक आवश्यकताका बारेमा चिन्तामा छन् । तर केही अफ्रिका लगायत देशहरूमा महिलाहरूले लक डाउनका कारण धेरै चुनौतीहरूको सामना गरिरहेका समाचार बाहिर आएका छन् ।

अहिले घरमा बन्द भएकाहरु टिभी, मोबाइल, इन्टरनेट बाहेक आफ्नो यौ न जीवनको आनन्द पनि लिइरहेका छन् । नेपालमा अहिले ‘अभागीले विहे गरेको समयमा भुकम्प आउँछ, भाग्यमानीले गर्दा लक डाउन हुन्छ’ भनेर ब्यङ्ग्य गर्ने गरिएको छ । यसमा कसैले पनि आशंका गर्न सक्दैन कि मान्छेहरु आफ्नो इच्छा अनुसार हर सम्भव कायर्हहरु गरिरहेका छन् । तर नेपालीमा नै ‘धेरै खायो भने चीनी पनि गुलीयो हुन्छ’ भन्ने अर्को उखान पनि रहेको छ । यस्तै घटना अफ्रिकी मुलुकहरुमा पुरुषहरुले अत्याधिक यौन चाहना राख्दा त्यहाँका महिलाहरु चिन्तामा परेका छन् । दिनरात आफ्ना पतिले बारम्बार गरिरहेको यस हर्कतले दुःख पाइरहेकी एउटी महिलाको पिडा अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा उल्लेख गरिए अनुसार लक डाउनका कारण बेरोजगार भएका उनका श्रीमान घरमा बारम्बार यौन सम्बन्ध राख्न खोजिरहेका हुन्छन् । यो घटना अफ्रिकी देश घानाको हो । यहाँ आफ्ना श्रीमानका कारण तनाबमा आएकी एक महिलाले एउटा भिडियो बनाएर सरकारको अगाडि आफ्नो पीडा व्यक्त गरिन् । उक्त महिलाले घानाका राष्ट्रपति नाना अकुफो एडोजलाई लकडाउन समाप्त गर्नका लागि अपील गरेकी छिन् । यो भिडियो विभिन्न युट्यब च्यानलमा अपलोड गरिएको छ । जसमा महिलाले लक डाउन समाप्त गर्न सरकारलाई अपील गरिरहेकी छिन । घानाका स्थानीय मिडियामा यो भिडियोलाई उद्धृत गर्दै समाचार प्रकाशित हुँदैछन् ।

आफ्ना श्रीमानबाट भइरहेको यस व्यवहारबाट हैरान भएकी ति महिला तत्काल उनी काममा गएको हेर्न चाहान्छिन् । यसकारण उनले सरकारसँग लकडाउन समाप्त पुर्ण रुपमा नभए पनि सबै कार्यालय खोल्न अपिल गरेकी छन । ताकि उनका श्रीमान् काममा जान सकून् र उनले त्यस्तो समस्याहरूको सामना गर्नु नपरोस् । घानाको स्थानीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार धेरै महिलाले आफ्नो पतिको बारेमा यस्तो खालको खुलासा गरिरहेका छन् । पतिले पटकपटक गरिरहेको यौन सम्बन्धको मागबाट उनीहरु आजित भएका छन् । महिलाहरु भन्छन्, ‘धेरै यौनसम्पर्क गर्नाले हाम्रो स्वास्थ्यलाई असर गरिरहेको छ । तर श्रीमानको माग घटिरहेको छैन ।

ट्विटर सहित अन्य सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको एक भिडियोमा महिलाले भनिरहेकी छिन्, ‘मेरो निन्द्रा खुलेको हुँदै मेरा पति यौनसम्बन्ध राख्न तयार भएर बसेका हुन्छन् । पहिले उसलाई सन्तुष्ट पार्छु, र भान्सामा गएर खाना पकाउछु । उसले खाना खान्छ, त्यसपछि टिभी हेर्छ अनी फेरि यौन सम्पर्कको माग गर्दछ । त्यसपछि खाली यौनसम्पर्क । फेरि यौनसम्पर्क । अर्को पटक पनि यौनसम्पर्क । के महिलाहरू लक डाउनमा यौनसम्पर्कका लागि बसिरहेका छन् रु कि हामी वास्तवमा कोरोना भाइरसको डरमा बन्द भएका छौं, हामी आफ्नो स्वास्थ्यको हेरचाह गर्न लक डाउनका छौं, सही रु मेरो श्रीमान्‌ले धेरै यौन सम्बन्ध राख्नु भएको छ । म सरकारबाट मद्दत चाहन्छु ।’

हामी तपाईंलाई बताउन चाहन्छौ कि घानामा हालसम्म सयौं व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ । जबकि केहीको निधन पनि भैसकेको छ । यहाँको सरकारले सुरक्षालाई ध्यानमा राख्दै अप्रिलको पहिलो हप्तामा लकडाउनको घोषणा गर्यो । स्थानीय सञ्चारमाध्यमहरुले उक्त महिलाको भाइरल भिडियोको उद्धृत गर्दै यो समाचार प्रकाशित गरेका छन् । अहिले विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले पनि यस्लाई स्थान दिएका छन् । लकडाउनमा एक महिला आफ्नो पतिको अत्यधिक यौन इच्छाबाट हैरान छिन् ।

पतिको हर्कतबाट ति महिलाले भनिन् ,‘म मेरा पतिको अनौंठो व्यवहारबाट चिन्तित छु ।’ जानकारी अनुसार ति महिला आफुले काम गर्ने कार्यालयमा घरबाट भागिन् । त्यहाँबाट नै उनले यो भिडियो बनाएर पोस्ट गरिन् । हामी आशा गर्छौ कि उनको समस्यालाई सम्बन्धित पक्षले गम्भीरताका साथ लिएर केही कदम चाल्नेछ । यौनसम्पर्कका लागि एकजना मात्रै तयार भएर हुँदैन यो २ जनाको सहमतिमा हुने कुरा हो । यसरी महिलामाथि जबरजस्ती भइरहेको दबाबका लागि प्रशासनले तत्काल कारबाही अगाडी बढाउनुपर्ने सामाजिक सञ्जालमा प्रतिकृयाहरु आइरहेका छ।

प्रतिक्रिया दिनुहोस्