अझै सुरु भएन नेकपा बैठक
काठमाडौं २० बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक केही बेरमा बस्दै छ । साढे पाँच बजे बैठक बस्ने भनिएपनि यो समाचार तयार पार्दासम्म बैठक सुरु भएको छैन सचिवालय बैठक बस्नुअघि नेताहरुबीच आन्तरिक छलफलले तीव्रता पाएको छ। सचिवालय बस्नु केही घण्टाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग बालुवाटारमा वार्ता गरिरहेका छन्।
अपरान्ह ४ बजे बस्ने भनिएको सचिवालय बैठकलाई साँझ साढे ५ बजेसम्मका लागि सारेर ओलीले गौतमलाई बालुवाटारमा बोलाएर वार्ता गरिरहेका छन्।