नेकपा सचिवालय बैठक: एकाएक ओलीको नंया प्रस्ताव



काठमाडौ, १८ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुप्रतिक्षित केन्द्रिय सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नया प्रस्ताव अघि सारेका छन।हिजोको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने नयाँ प्रस्ताव अघि सारेपछी सबै आश्चर्यचकित बन्न पुगेका छन।

बैठकमा आफ्नो राजीनामाको कुरा उठेपछि उहाँले कोरोना सङ्क्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको हो । कुनै ठाउँबाट चुनाव गराएर वा संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने ओलीको प्रस्ताव छ ।

यस्तै उहाँले पार्टीमा तीन जना अध्यक्ष राख्ने र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि गर्नुभएको छ ।

ओलीको यो प्रस्तावपछि सचिवालयको अर्को बैठक २० गते बस्ने तय भएको छ । त्यो बैठकले स्थायी कमिटी बैठकको टुङ्गो लगाउने नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्