समस्यामा रहेका गाउँबासीको उद्दार गर्दै नेचासल्यान, बिरामी, विद्यार्थी र मजदुर प्राथमिकतामा



डिल्ली शर्मा,

सांकेतिक फोटो /सोलुखुम्बु , १२ बैशाख । नेचासल्यान गाउपालिकाले बिभिन्न पेशा ब्यबसाय तथा कामको सिलसिलामा गाउपालिका बाहिर रहेका आफ्ना नागरिकहरुको उद्दार गर्ने भएको छ । लकडाउनका कारण समस्यामा परेक अति बिपन्न नागरिकलाई पालिका भित्र राहत प्याकेज बितरण गरिरहेको गाउपालिकाले पहिलो चरणमा राजधानीमा रहेका नागरिकहरुको उद्दार गर्ने भएको हो । नेचा सल्यानबाट राजधानिमा अध्ययनको सिलसिलामा रहेका बिधार्थी,उपचारकोलागि गएका बिरामी र उनीहरुका आफन्त, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई बिशेष ब्यबस्था गरि गाउपालिकामा ल्याउने पहल शुरु भएको गाउँपालिकाले जनाएको छ ।

उपत्यकामा लकडाउनका कारण दैनिक जीबन यापनमा समस्यामा रहेका नागरिककहरुको बिबरण संकलनका लागि यस अघि नै फोकल पर्सन तोकेको पालिकाले केही विवरण प्राप्त भैसकेको जनाएको छ। राजधानीमा बिवरण संकलनका लागि पालिकाले सुबास जमरकटेल,नन्दराज बास्तोला, भुपेन्द्र कटेल,अर्जुन बस्नेत,मनराज राई लगायतलाई जिम्मेवारी दिएको थियो ।उनीहरूले संकलन गरेको विवरण अनुसार राजधानिमा स्थायी बसोबास रहेका , सरकारी पेशाामा आबद्द, बैदेशिक रोजगारिबाट फर्किएका, ज्याला मजदुरि गरिरहेका बिरामी भई उपचारका लागि राजधानी पुगेका अध्ययनको क्रममा रहेका र आफन्तको आश्रयमा रहेकाहरुको पहिचान गरि पहिलो चरणमा अति बिपन्न, उपचाररत ब्यक्ति विद्यार्थी तथा दैनिक ज्यालादारीमा रहेका मजदुरको उद्दार गरिने छ ।

राजधानीबाट उद्दार गर्ने क्रममा एउटा वडाका नागरिकलाइ एउटा सवारी साधनमा ल्याउने र गाउपालिकाले निर्धारण गरेको क्वारेन्टाइनमा ब्यबस्थित गरिने गाउपालिकाले जनाएको छ । लकडाउनको समयाबधिको बिषयमा सरकारले आगामि दिनमा गर्ने निणर्य पछि उद्दारको प्रक्रिया अगाडि बढाउने गाउपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो । राजधानी बाहेकका अन्य ठाउँमा रहेका नागरिकको हकमा तत्काल बिपद ब्यबस्थापन समितिको बैठक बसि अन्य बिषयमा निर्णय गरिने वहाको भनाइ छ। स्रोत सुवास कट्टेल 

प्रतिक्रिया दिनुहोस्