त्रिवेणी लघु जलविद्युत आयोजना : विद्युत विस्तारबारे कुनै छलफल नभएको अध्यक्ष राईको स्वीकारोक्ती



धनजन राई
धनजन राई

डिल्ली शर्मा,

सोलुखुम्बु  १० बैशाख । कोरोना माहामारी (कोभिड १९) को न्युनिकरणका लागि सरकारले घोषणा गरेको लकडाउनकाबीच विद्युत विस्तारका लागि भन्दै पोल ढुवानी गरिरहेको साविक सल्यान गाविस वडा न २ स्थित त्रिवेणी लघु जलविद्युत आयोजना सञ्चालक समितिका अध्यक्ष धनजन राईले विद्युत विस्तारका विषयमा हालसम्म सञ्चालक समिति र उपभोक्ताहरुबीच कुनै छलफल नभएको स्वीकार गरेका छन् । त्रिवेणी सोलुखुम्बु विद्युत सम्बन्धी जानकारी भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष राईले सो कुरा स्वीकार गरेका हुन् । विना छलफल अध्यक्ष राईले विद्युत विस्तारको तयारी गरेको भन्दै स्थानीयहरु आन्दोलित भइरहेका बेला राइले सञ्चालक समितिको बैठक तथा उपभोक्ताबीचको छलफल पछिमात्रै छिमेक वडाका सिमित क्षेत्रमामात्रै विजुली दिन सकिने उल्लेख गरका छन् ।
विद्युत व्यवस्थित गर्नका लागि चैत्र १० गते बसेको बैठकको निर्णय अनुसार हाल उपभोक्ताहरुबीच विद्युत प्रयोग सम्बन्धी तथ्यांक संकलन भइरहेको जानकारी दिदै अध्यक्ष राईले आयोेजनाबाट पहिलो प्रभावित उपभोक्तालाई प्राथमिकता दिइने उल्लेख गरेका छन् । गत चैत्र ४ गतेको चटयाङबाट केही विद्युतीय समानमा क्षती भएको र बन्दाबन्दीका कारण सामान खरीद गर्न नसकिएको उल्लेख गरेका राईले साविक नेचाबेतघारीको वडा न ४ र बतासेको वडा न. १ मा विद्युत विस्तारबारे आफनो स्टाटसमा केही उल्लेख गरेका छैनन । सञ्चालित विद्युतगृहबाट ६० देखि ६५ किलोवाट विद्युत करिब ९ सय घरधुरीमा वितरण भइरहेको र विद्युत व्यवस्थित हुँदा थप सञ्चित हुने भन्ने कुरा राईले उल्लेख गरेका छन ।

स्टाटस जस्ताको तस्तै

तृबेणी सोलुखोला बिद्धुत
सम्बन्धि जानकारी

१ यतकास तृवेणी सोलुखोला लघु जल बिद्धुत आयोजनाको उपभोक्ता हरुमा सृजना गरिएको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु ।

१ यस योजनामा उपभोक्ताहरुको सहभागिता स्वोरुप पहिलो र दोस्रो किस्ता गरि जम्म ५५०० मात्र प्रमाणका साथ संकलन भएको स्पष्ट गराउदछु । सो भन्दा बढी लेनदेन भएको वा बिना प्रमाण लेनदेन भएको भए संबंधित पक्षहरु नै जवाफदेही हुने छ ।

२ नेचासल्यानको वार्ड नं २ स्थित तृवेणी सोलुखोलाबाट उत्पादित बिद्धुत क्षमता दुबै वार्डाका टोल बस्ती क्षेत्रका संपुर्ण उपभोक्ता हरुलाई आबस्य्क बिद्धुत उपलब्ध गराएर बढी भएको बिद्धुत मात्र छिमेकी वार्डाका सिमित क्षत्रमा दिन सकिने बैठक तथा उपभोक्ता बिच छलफल हुनेकुरा जानकारी गराउदछु ।

३ बिद्धुत व्यबस्थित गर्नकालागी समितिको मिति २०७६ चैत्र १० को निर्णय अनुसार हाल उपभोक्ता हरुका बिच बिद्धुत प्रयोग समन्धिको तथ्यांक संकलन भहिरहेको जानकारी गराउद छु।

४ यस आयोजनाबाट पहिलो प्रभावित उपभोक्त्ता हरुलाई प्राथमिकता दिनका लागी स्व्यम र उपभोक्ता समिती सचेत रहेको जानकारी गराउद छु।

५ संचालित बिद्धुत गृहबाट ६० देखी ६५ कि। वा। बिद्धुत करिव ९०० घरधुरिमा बितरण भहिरहेको र बिद्धुत व्यबस्थित हुदा थप संचित हुने जानकारी गराउदछु ।

६ हाल बिद्धुतमा गडबडी हुनका कारण अपर सोलु टेस्टिङको सिलसि र बिगत चैत्र ४ गते को चट्याङ द्वारा केहि बिद्धुतिय सामन क्षेती भएको र बन्दाबन्दिका कारण सामान खरिद गर्न नसकिएको जानकारी गराईन्छ।

७ बिद्धुत ब्यबस्थित गर्नकालागी बाकी महसुल चांडै असुल गरि संबद्ध सबै पक्ष समक्ष बिद्धुत ब्यबस्थापनमा सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।

धनजन राई
अध्यक्ष
तृवेणी सोलुखोला
लघु जल बिद्धुत
आयोजना

प्रतिक्रिया दिनुहोस्