सरकारलाई देउवाको आग्रह-“घर फर्कन चाहनेहरुलाइ ब्यबस्था मिलाउ”
काठमाडौ, ५ बैशाख ।नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राजधानी लगायत विभिन्न ठाउँबाट घर फर्कन चाहने नागरिकलाई घर फर्कने ब्यवस्था मिलाउन सरकारसंग आग्रह गरेका छन।सरकार सयौं किलोमिटर हिंडेर घर गइरहेकाहरुको दर्शक मात्रै बनिरहेको आरोप लगाउंदै सभापति देउवाले शुक्रबार ट्विट मार्फत सो आग्रह गरेका हुन।
उनले लेखेका छन्, “काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेका छन् । सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने हो । तर सरकारमा बसेकाहरु ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छन।”
सरकारले पहिलो पटक ११ गते लागु हुने गरी चैत १० गते लकडाउन घोषणा गरेको थियो । उक्त लकडाउन वैशाख १५ सम्म थपिएको छ ।
लकडाउन थपिँदै जाँदा दैनिक मजदुरी गर्ने नागरिकलाई बस्न समस्या भएपछि पैदल हिँडेरै गाउँ गइरहेका छन् ।
उता नेपाली कांग्रेसकै जनसम्पर्क समिति तथा समन्वय बिभागले पनि वैदेशिक रोजगारी तथा अध्ययनका लागि बिदेशमा रहेका नेपालीहरुको तत्काल उद्दार गर्न आग्रह गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीलाइ चार पृष्ठ लामो पत्र लेख्दै बिभाग प्रमुख गोबिन्द भट्टराई राइले बिश्वका जुनसुकै कुनामा भएपनी नेपाली राहदानी बोकेका सबैलाई यो महाब्याधीमा सुरक्षा दिनु राज्यको कर्तव्य भएको स्मरण गरांउदै सो आग्रह गरेका हुन।पत्रमा लकडाउन छ भनेर एउटा सामान्य नागरिक घरभित्र बसेजस्तो बस्ने अधिकार तीन करोड नेपाली जनतामाथि शासन गर्ने प्रधानमन्त्रीलाई नभएको भन्दै आफ्नो नागरिकताप्रति गर्ब गर्न सक्ने वातावरण निर्माणमा सरकार पुर्णतः असफल बन्दै गएको उल्लेख गरिएको छ।
यस्तो छ भट्टराईले प्रधानमन्त्रीलाई लेखेको चार पृष्ठ लामो पत्र: