स्वाइन फ्लूभन्दा कोरोना १० गुणा खतरनाक



एजेन्सी २ बैशाख । विश्व स्वास्थ्य संगठनले स्वाइन फ्लूभन्दा कोरोना भाइरस १० गुणा खतरनाक भएको बताएको छ । विश्व स्वास्थय संगठनका प्रमुख डा। टेड्रोस एदनाम गेब्रियेससले प्रभावशाली भ्याक्सिनले मात्रै कोरोना भाइरस रोक्न सक्ने बताउँदै यो स्वाइन फ्लूभन्दा १० गुणा खतरनाक भएको बताएका बीबीसीले जनाएको छ ।
उनले बिना भ्याक्सिन कोरोना संक्रमण पूर्णरुपमा निर्मुल पार्न नसकिने पनि स्पष्ट पारेका छन् । उनले भने, सन् २००९ को स्वाइन फ्लूभन्दा कोरोना भाइरस धेरै शक्तिशाली छ ।

टेड्रोसले भनेका छन्, “हामी जान्दछौं कोभिड–१९ तिव्र गतीमा फैलिरहेको छ । र हामीलाई यो पनि थाहा छ, सन् २००९ को स्वाइन फ्लूको तुलनामा यो १० गुणा बढी खतरनाक छ ।”

प्रतिक्रिया दिनुहोस्