निषेध गरेर जाने सोचको आयु समाप्त: पुर्बराजा ज्ञानेन्द्र
काठमाडौ , ३० चैत्र । पुर्बराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले बिद्यमान संकटबाट मुक्ति पाउंन र भविस्यमा उत्पन्न हुने अस्वभाविक चुनौतीको सामना गर्नका लागि हामीबीचको एकता अपरिहार्य बन्दै गएको बताउनु भएको छ।

नयाँ बर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिंदै पुर्बराजा शाहले सो कुरा बताउनु भएको हो।कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको भन्दै वंहाले धरातलीय यथार्थ आत्मा स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न नसके इतिहासमा अर्को महाभुल हुने उल्लेख गर्नु भएको छ।
नेपाल भित्र र बाहिर रहे बसेका सबै नेपालीहरुमा सुख,शान्ति र समुन्नतिको कामना गर्दै पुर्बराजाले शुभकामना सन्देशमा भन्नू भएको छ
-पुर्ण पाठ